झापाको केर्खामा पहिलो पटक रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता

0
597

उमानाथ भण्डारी
कमल ।

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता शनिवार झापाको केर्खामा सम्पन्न भएको छ ।

प्रतियोगिताको हेवीवट च्याम्पियन तर्फ नुवाकोटे टाईगर विजयी हुनुभएको छ । वहाँले ट्रर्फि,मेडल र १ लाख २५ हजार नगद प्राप्त गर्नु भएको छ । त्यसैगरी हार्डकोर प्रतियोगिता तर्फ डेविड विजयी हुनुभएको छ । वहाँले ट्रर्फि,मेडल का साथै १ लाख रुपैया नगर प्राप्त गनुृ भएको छ ।

त्यस्तै टुपी म्याच प्रतियोगिता तर्फ टुपी ग्याँङ विजयी भएका छन् । विजयी खेलाडीले ट्रर्फि,मेडल का साथमा ७५ हजार रुपैया प्राप्त गनुृ भएको छ । मिडिल वेटतर्फको को प्रतियोगिता साईन विजयी हुनुभएको छ । विजयी खेलाडीले विजेताले ट्रर्फि,मेडल का साथै नगद ९५ हजार प्रापत गर्नु भएको छ ।

महिलातर्फको प्रतियोगितामा आकृती विजयी हुनुभएको छ । वहाँले ट्रर्फि,मेडल का साथमा ७० हजार रुपैया प्राप्त गनुृ भएको छ । लाईटवेट तर्फको प्रतियोगितामा सुजल रिलामी विजयी हुनुभएको छ, वहाँले ट्रर्फि,मेडल का साथमा ६० हजार रुपैया प्राप्त गर्नु भएको छ ।

मदन भण्डारी ७१ र्औ जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा पहिलो पटक झापामा सम्पन्न भएको हो ।

मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा प्रतियोगिताको तयारी सुरुगरिएको जानकारी दिदैं संधकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न ६ वटा विधामा खेलाडीहरु पुरस्कृत हुनुभएको छ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयको खेल मैदानमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here