पाँचथर।

पाँचथरको फालेलुङ गाँउपालिका–७ मा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
शुक्रबार राति गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको तीन तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दलप्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।
पहिरोमा बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई शनिबार बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आइतबार बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।






























