मोरङमा ८४ प्रतिशत पुँजीगत खर्च

१५ श्रावण २०७९, आईतवार मा प्रकाशित

मोरङ, 

मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पाँच सय ८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिनुभयो ।

सोही अवधिमा चालुतर्फ रु ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजन भएकामा रु ३४ अर्ब ९८ करोड ४४ लाख ३७ हजार खर्च भइ ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो । जिल्लाभर सम्बद्ध कार्यालयले रु ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार राजस्व सङ्कलन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here