कनकाई आर्यघाट संस्था लक्ष्य अनुरुप प्रगतिको बाटोमा छ

३ मंसिर २०७१, बुधबार मा प्रकाशित

 

 

                                                                Prabhakhar 5
                                                                                   प्रभाखर कडरिया
                                                                   अध्यक्ष, कनकाई आर्यघाट संस्था
                                                                           कनकाई–४, कोटीहोम झापा
आमा रत्नमाया र बुबा लक्ष्मीप्रसादका साइँला छोराका रुपमा ताप्लेजुङ्ग जिल्लाको मामाङ्खे–५ मा जन्मेका प्रभाखर कडरिया झापाको सामाजिक क्षेत्रमा उच्च छबि बनाएका व्यक्तित्व हुन् । कामप्रतिको निष्ठा, निरन्तरता र कार्य तत्परताका कारणले उनी सदैव सफल हुँदै आएका छन् । समाजको हितलाई केन्द्रविन्दुमा राखेर सदैव काममा जुटिरहने र आफ्नो कर्ममा विश्वास गर्ने कडरिया दर्जनौ संघसंस्थामा आबद्ध छन् । निर्माण व्यवसायमा लामो समयदेखि क्रियाशील कडरिया हाल निर्माण व्यवसायी महासंंघको केन्द्रीय सदस्य तथा लक्ष्मीमाता कन्स्ट्रक्सन कम्पनि सुरुङ्गाको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेका छन् । सरल जीवन र उच्च विचारको मान्यतालाई आफ्नो जीवनमा लागू गर्ने कडरिया मृदुभाषी र शिष्ट व्यक्तित्वको रुपमा साथीभाइमाझ चिनिन्छन् । संघसंस्थाभित्र सन्तुलन तथा समन्वयकारी भूमिका खेल्ने कडरिया प्राय ः सधैं व्यस्त भेटिन्छन् । मानिसको जीवनको अन्त्येष्ठी सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढंगले किरायाकर्म गर्न सकियोस् लगायतका विविध जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा गठित कनकाई आर्यघाट संस्थाको दोश्रो वार्षिक साधारणसभा आगामी मंसिर ६ गते चुनावी अधिवेशनसहित सम्पन्न हुँदैछ । यसै सेरोफेरोमा संस्थाका गतिविधि र साधारणसभाको तयारी सम्बन्धमा  अध्यक्ष कडरियासँग गरिएको कुराकानी प्रस्तुत छ ः–

कनकाई आर्यघाट संस्थाको दोस्रो साधारणसभाको तयारी कस्तो चलिरहेको छ ?
–साधारणसभाको तयारीको हामी अन्तिम चरणमा पुगेका छौं । यसका लागि आवश्यक कार्यक्रम स्थलको तय गरिएको छ । कोटीहोम दक्षिणमा अवस्थित श्रीकृष्ण प्रणामी कनकाईधामको सभाहलमा साधारणसभा गर्ने निश्चित भएको छ । कनकाई आर्यघाट संस्थाका १ हजार ८ जना संस्थापक सदस्य, साधारण सदस्य, सहयोगी सदस्य, आजीवन सदस्य, वरिष्ठ सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य, समाजसेवी तथा दानवीर धर्मानुरागी महानुभाव एवम् अतिथिहरुलाई निम्तो गरिसकिएको छ । स्थानीय सञ्चारमाध्यम मार्फत साधारणसभाको सूचनालाई सम्बन्धित सबैमा पु¥याइएको छ र पत्राचार समेत भइसकेको छ ।
कनकाई आर्यघाट संस्थाको स्थापनाको पृष्ठभूमिबारे बताइदिनुहोस् ।
झापा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्व कालदेखि नै मृत्यु वरण पश्चात पार्थिव शरिरलाई दाह संस्कार गरिदै आइरहेको सन्दर्भमा बर्षेनि नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लि¨ र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिताभूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको हो । स्थापना गर्दा काठमाण्डौको पशुपति आर्यघाट, नारायणघाटमा अवस्थित देवघाट जस्तै पूर्वी नेपालमा रहेको कनकाई आर्यघाट पवित्र स्थललाई व्यवस्थित गर्ने उद्देश्य राखिएको छ । निर्माण व्यवसायी संघ झापा, मेची पेट्रोलियम डिलर एसोसिएसन बिर्तामोड, तत्कालीन उद्योग वाणिज्य संघ शाखा सुरु¨ा समेतको पहलमा तथा विभिन्न संघसंस्था एवम् समाजका प्रवुद्ध वर्गको सल्लाह, सुझाव र सहयोगमा सामाजिक संघसंस्था दर्ता ऐन २०४७ अन्तर्गत रही “कन्काई आर्यघाट” नामक मुनाफा रहित गैरसरकारी सामाजिक संस्थाको रुपमा यो संस्थाको स्थापना गरिएको हो ।
कनकाई आर्यघाट संस्था स्थापनाका लक्ष्य तथा उद्देश्यहरु के थिए र अहिले ती के कति पूरा भए ?
– नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही कार्य गर्ने यो संस्था एक मुनाफा रहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था भएकाले सोही अनुरुप यसले आफ्ना लक्ष्य तथा उद्देश्यहरु किटान गरेको छ । कनकाई नदीमा माईपुलदेखि उत्तर दोमुखा बाँधसम्म  पक्की तट बन्धन गरी नदी नियन्त्रण गर्ने, कनकाई आर्यघाटको लागि पक्की तटीय बाँधका लागि सडक विभागको कार्यालय, जलउत्पन्न दैवीप्रकोप नियन्त्रण कार्यालय, जिल्ला विकास समिति झापा, जनताको तटवन्धन आयोजना कार्यालय र विभिन्न सरकारी, सहकारी र निजी संघसंस्था तथा निकायसँग सहयोगको लागि पहल गर्ने, अन्त्येष्टि क्रियाको लागि ७ वटा चिता भूमिस्थल निर्माण गर्ने, मलामीजनहरुलाई खाजा ख्वाउने ७ वटा खाजा घर निर्माण गर्ने, स्वच्छ पिउने पानीको व्यावस्था गर्ने, सार्वजनिक शौचालयको निर्माण गनर्,े क्रियापुत्रीको कोरा वार्ने घर(कर्मयोग भवन) निर्माण गर्ने, ब्रंम्हनाल निर्माण गर्ने, क्रियापुत्रीलाई स्वच्छ स्नानका लागि जलकुण्ड निर्माण गर्ने, असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम भवन निर्माण गर्ने, कोटिहोमदेखि चिता भूमिस्थलसम्म जाने र पूजास्थलसम्म जाने बाटाहरु व्यवस्थित गर्ने तथा निर्माण गर्ने, धार्मिक महत्व झल्किने पार्क, वाटिकाहरु निर्माण गर्ने, दाहसंस्कारका लागि दाउराको व्यवस्थापन गर्ने साथै भविष्यमा विद्युतीय प्रणालीबाट दाहसंस्कार गर्ने व्यवस्था मिलाउने, संस्थापक सदस्यहरुको अभिलेख स्तम्भ निर्माण गर्ने साथै दाताहरुको शिलालेखमा अभिलेख राखी सम्मान गर्ने, शववाहनको व्यवस्था गनर्,े मलामीजनलाई खानको लागि भाडाकुँडा व्यवस्थित गर्ने, वेवारिसे लाशलाई प्रचलित कानून बमोजिम सद्गतको व्यवस्था गर्ने, वातावरणीय सन्तुलनको लागि वृक्षरोपण गर्ने, पूजा सामग्रीहरु तथा धार्मिक ग्रन्थको पुस्तकालय राख्न,े गोष्ठी, तालिम, अध्ययन, भ्रमण जस्ता विविध क्रियाकलाप संचालन गर्ने, कनकाई विकास क्षेत्रको गुरुयोजना अन्तरगत सोही संस्थासँग समन्वय गरी निर्माण कार्यहरु गर्ने लगायतका उद्देश्यहरु संस्थाले राखेको थियो भने यो ३ वर्षको छोटो अवधिमा उल्लेखनीय काम गर्न संस्था सफल भएको छ ।

संस्थाले अहिलेसम्म आफ्ना लक्ष्य अनुरुपका के–कस्ता कामहरु गर्न सफल भएको छ ?

करिब ३ बर्ष अगाडि हामी केही मित्रहरु वीच यही कन्काई माई भगवतीको किनारमा टन्टलापुर गर्मीमा व्यवस्थित शवदाह—संस्कारगृह निमार्ण गर्ने देखि लिएर शोक सन्तप्त परिवार र मलामीजनको लागि विश्रामगृह लगायत अन्य भौतिक पूर्वाधार निमार्ण गर्न सकिने  सम्भाब्य सुबिधाको  बिषयमा  चर्चा परिचर्चा हँुदा उपस्थित मित्रहरुको विश्वास साथै यस पुण्य कार्य गर्न साथीहरुबाट अभिप्रेरित भएर त्यस अनौपचारिक गफलाई औपचारिकता दिन एउटा भेला आयोजना गरी यसलाई प्राविधिक रुपमा पनि व्यवस्थित गरी अघि बढने  शुरुवातको रुप यो संस्था हो ।
कन्काई आर्यघाटको जन्म पछि बढ्ने क्रममा यसले आफनो सदस्यता बिस्तार गर्दै तदर्थ समिति, साधारणसभा, त्यस पछि एउटा निर्वाचित कार्य समिति बनेको छ । यसले आफ्नो कार्यक्रमलाई अगाडि बढाउने क्रममा जनस्तरबाट आर्थिक श्रोत जुटाई पहिलो पाइलाको रुपमा ४ वटा व्यवस्थित शव दाह स्थल निर्माणको क्रममा २ वटा शवदाह स्थल निर्माण सम्पन्न गरी  सञ्चालनमा आएको छ । धेरै दानवीर, धर्मानुरागी, राजनैतिक, बौद्धिक व्यक्तित्वहरुले  यस कार्यको स्वागत गर्दै सहयोगका लागि देखाएको विश्वासले हामी थप उत्साहित भएका छौं । साहारा नेपाल (साकोस) को सम्पूर्ण आर्थिक लगानीमा खानेपानी टेङ्की चिसो (चिलर) सहितको  निर्माण कार्य सम्पन्न भई संचालनमा आईसकेको र साहारा नेपाल (साकोस)को अगुवाईमा झापा जिल्लाका ६८ संघसंस्थाको सहयोगमा श्रम तथा समर्पण कार्यक्रम मार्फत संकलित रकमबाट सुबिधासम्पन्न कर्मयोग भवनको समर्पण कार्यक्रमका सल्लाहकार संयोजक प्रमुख जिल्ला अधिकारी श्री एकमणि नेपालज्यूबाट शिलान्यास गरी निर्माण कार्य शुरु भइसकेको छ ।

अब यो संस्थाले निकट भविष्यमा सम्पन्न गर्ने कार्यक्रमहरु के के तय गर्नुभएको छ ?
कनकाई नदीको पूर्वी किनारको लगभग ३.५ किलो मिटर पक्की तटबन्धन बनाउने र तटबन्धनको छेउबाट सडक निर्माण यस पछिको दोस्रो प्राथमिकता छ । बर्षेनि नदीको धार फेरबदल भइरहनाले साथै सुख्खा अवस्थामा पानीको स्रोतको लागि र बर्खा याममा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै व्यवस्थित पुष्पवाटिका, पूजा—अर्चनास्थल, मलामी बिश्रामस्थल, सार्वजनिक शौचालय निर्माण यो गुरुयोजना भित्रका अन्य कार्यहरु हुन् । आर्थिक र प्राविधिक रुपमा यी कार्य अति चुनौतिपूर्ण छन् ।
मलामी विश्रामलय र शौचालय निर्माणका लागि दानवीर दाताहरुबाट पहिलेदेखि नै प्रस्ताव आएता पनि लामो समयसम्म विश्रामलय निर्माणस्थलको स्थान छनौट हुन नसकी विश्रामलय र शौचालय निर्माण हुन नसकेकोमा  हालमा आएर कनकाई आर्यघाट संस्था नेकपा–माओवादी जिल्ला नेतृत्व र यसै संस्थाका संस्थापक सदस्य श्री पूर्णलाल श्रेष्ठको सहयोगमा शबदाह स्थलको सिंढीको पूर्वपट्टी गुरुयोजना अनुसार मलामीमार्गको दक्षिण टुङ्गो लागेको हँुदा सहयोगी मित्रहरुलाई आभार सहित धन्यवाद दिन चाहन्छु । साथै दानवीर दाताहरुसँग ब्रम्हनाल, शिवालय, मलामी विश्रामलय र शौचालय निर्माण कार्यको लागि यस संस्थाको तर्फबाट हार्दिकताका साथ आव्हान गर्दछु । हामीलाई धन, मन, धन सबै प्रकारको सहयोग चाहिएको छ  र अहिलेसम्म सुरुङ्गावासी र विशेष गरी झापावासीबाट ज्यादै ठूलो सहयोग प्राप्त भएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका झापावासीको योगदान प्रशंसनीय रहेको छ ।
यस वर्ष कमसेकम २ वटा शवदाह स्थल (चिता) सहित ४ शवदाह स्थलको निर्माण र यसको संरक्षण  पहिलो आवश्यकता हो । यसपछि तटबन्धन र अन्य आध्यात्मिक पूर्वाधार पक्षको निर्माण गर्ने सोच भित्रका विविध योजनाको सूची हाम्रो गुरुयोजनामा प्रष्ट देख्न सकिन्छ । पैसा भएर पनि व्यवस्थित रुपले कार्य गर्न इच्छुक व्यक्तित्वहरुको यहाँ कमी छैन । हामीले एउटा गुरुयोजना बनाएका छांै । यसलाई अन्तिम रुप दिन हामीसँग प्राविधिक जनशक्ति छ, हाम्रो विश्वास भनेको यस क्षेत्रका आदरणीय दानवीर, धर्मानुरागी महानुभावहरुबाट आउने सहयोगलाई जम्मा गर्दै मितब्ययिता र पारदर्शिताका साथ प्राथमिकताका आधारमा यसलाई सम्पन्न गर्ने हाम्रो कोशिस रहने छ । व्यवस्थित रुपमा यहाँ बनाइदै गरेका शीतलगृह (टहरा) र अन्य पूर्वाधार बनाउन इच्छा गर्नु हुने व्यक्तित्वहरुले समितिसँग सम्पर्क गरी योजना अनुसार साथै गुरुयोजनामा तोकिएको स्थानमा  भौतिक संरचनाहरु  निमार्ण गर्न सकिने छ । हाम्रो कोशिस भनेको दाताहरुले इच्छाएको कार्यहरुलाई गुरुयोजना भित्र रही व्यवस्थित रुपमा निर्माण गरी कार्य सम्पन्न गर्ने हो

संस्थाको सदस्यता विस्तारलाई कसरी व्यवस्थित गर्नुभएको छ ?

हामीसँग संस्थापक सदस्यहरु बिधानतः जम्मा १ हजार ८ बनाइने लक्ष्य अनुरुप पूर्ण भएको छ । जसको सदस्यता दस्तुर ५१ सय रुपैयाँ राखिएको थियो । त्यस पछि पनि साधारण सदस्यहरु बढ्ने क्रम निरन्तर रहिरहेको छ । सदस्यता खुल्ला छ । जो कोही यसमा अटाउन सक्नु हुनेछ । यस बाहेक पनिसहयोगी सदस्य, विशेष सहयोगी चन्दादाता, आजीवन सदस्य, वरिष्ठ सदस्य, विशिष्ट सदस्य र संरक्षक सदस्य भनेर छुट्याइएको प्रावधान पनि छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
–कनकाई आर्यघाट संस्था निरन्तर प्रगतिको बाटोमा छ । आम झापावासी र जीवनको समाप्तिपछिको अन्त्येष्टी सम्मानजनक र विधिपूर्वक हुनुपर्छ भन्ने मान्यता राख्ने तमाम सहयोगी, धर्मपरायण, दानवीर महानुभावको न्यानो माया, सद्भाव, समस्त बौद्धिक, चेतनशील व्यक्तित्वहरुको सल्लाहसुझावहरुकै कारणले विभिन्न प्रकारका समस्यासँग जुध्दै निरन्तर लक्ष्यतर्फ अगाडि बढिरहेका छौं । कनकाई आर्यघाट संस्थाले आम झापावासीमा आशा र विश्वास जगाएको छ । यो संस्थाको स्थापना, विकास र विस्तारमा तथा यसले शुरु गरेको भौतिक पूर्वाधार निर्माणमा समेत झापाली तथा काठमाण्डौंबाट प्रकाशित हुने पत्रिका र अन्य सञ्चार माध्यमले पु¥याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दछु । अन्त्यमा, समस्त सहयोगी महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु ।
प्रस्तुति. तीर्थराज खरेल

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here