‘मिसन क्यारेङग्याङ’ विदेशमा प्रर्दशन

0
466

झापा ।

बिर्तामोडकी हिमाली लिङदेनको निर्देशनमा बनेको नेपाली चलचित्र मिसन क्यारेङग्याङ’ नेपालमाभन्दा पहिले विदेशका तीन वटा देशमा प्रर्दशन गरिएको छ ।

एसएस इन्टरनेश्नल फिल्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र थाइल्याण्ड , मलेसिया र हङकङमा रिलिज गरिएको हो ।

यसैहप्ता प्रर्दशित चलचित्रलाई त्यहाँका दर्शकले अत्यधिक रुचाएको चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले बताउनुभयो । प्रथम लिम्बू महिला निर्देशक समेत रहेकी हिमालीलाई विश्व कलाकार माहासंधद्वारा आजिवन सदस्यता प्रदानगर्दै सम्मान गरिएको थियो ।

झापामा सुटिङ गरिएको चलचित्र एक्सन प्रधान ब्यवसायीक चलचित्र रहेको प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले बताउनुभयो । नेपालमा भने भदौको पहिलो हप्ता देशभर एकैसाथ प्रदर्शन गरिने बताइएको छ ।

अहिलेको नेपाली समाजमा भइरहेका विकृति र विसंगतीका बिरुद्धमा तयार पारिएको चलचित्रको कथा, पटकथा, सम्वाद उदय सुब्बाको रहेको छ ।

चलचित्रको मुख्य सहायक निर्देशकमा विश्वराज लिम्बु र अनुराग कट्टेल रहेका छन् । विकास चौधरीको संगीत रहेको सो चलचित्रमा दुईवटा गीत समावेश गरिएका छन् । राजु किरातीको द्वन्दमा बन्ने चलचित्रमा दिनेश पाख्रिन र ज्ञानु सुब्बाले नृत्य निर्देशक गर्ने चलचित्र निर्देशक लिङदेन बताउनुभयो ।

अहिलेको नेपाली समाजमा भइरहेका विकृति र विसंगती बिरुद्धमा तयार पारिने चलचित्र एक्सन प्रधान हुने जानकारीसमेत दिइएको छ । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्र सुपरहिट बने पछि ‘खतरनाक क्यारेङग्याङ’ चलचित्र बन्न लागेको हो ।

राजु किरातीको द्वन्दमा बन्ने चलचित्रमा दिनेश पाख्रिन र ज्ञानु सुब्बाले नृत्य निर्देशक गरेका छन् । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्र सुपरहिट बने पछि ‘मिसन क्यारेङग्याङ’ चलचित्र बनाइएको हो ।

उदय सुब्बाको विशेष भूमिका रहेको चलचित्रमा गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी, रमा लिम्बू, सन्तु मगर, विश्व मुखिया, जीवन लिम्बू, गजेन्द्र तामाङ, भिष्म ओली, रबिना प्रधान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बनाउन करिब ६० लाख रुपैयाँ खर्च गरिएको निर्देशक लिङदेनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here