शिवसताक्षीमा हुने फुटवलको खेल तालिका ः कसको खेल कहिले ?

२ आश्विन २०७९, आईतवार मा प्रकाशित

विनोद सापकोटा,
शिवसताक्षी ।

झापाको शिवसताक्षीमा अजोज ४ गते देखि हुने वडा स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक शिवसताक्षी फुटवल समितिले शनिबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता अन्तर्गत वडा नम्बर २, ३, ८, ९ र शिवसताक्षी भेट्रान समुह (क) मा परेका छन् । यस्तै समुह (ख) मा वडा नम्बर १, ४, ६, ७, १० र ११ नम्बर वडा छन् ।

शार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेल वडा नम्बर २ र ८ बीच हुने छ । ५ गते वडा नम्बर १ र ११ विच हुने आयोजक समितिले जनाएको छ । यस्तै ६ गते वडा नम्बर ३ र ९, असोज ७ गते वडा नम्बर ४ र ७ बीच हुने जनाईएको छ ।

यता असोज ८ गते वडा नम्बर ६ र १० बीच हुने छ भने ९ गते शिवसताक्षी भेट्रानले क्वाटर फाइनलबाट छनौट हुने वडा नम्बर ३ वा ९ संग भिड्नु पर्ने छ । प्रतियोगिताको अन्तिम खेल असोज १५ गते हुने आयोजक समितिका अध्यक्ष सुरेन लिम्बुले बताएका छन् । प्रतियोगितामा वडा नम्बर ५ ले सहभागिता जनाउने छैन ।

दक्ष खेलाडी उत्पादन गर्दै शिवसताक्षी नगरलाई खेलकूदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने उनले बताए । ‘लागु औषधमा फसेका युवालाई कुलतबाट जोगाउन र खेलप्रति युवालाई आकर्षित गर्न सेतुको रुपमा प्रतियोगिता हुने छ ।’

आयोजक समितिका आर्थिक विभाग प्रमुख गौरी भक्त जवेगुका अनुसार प्रतियोगिता संचालनका लागि लागि कम्तिमा ४ लाख खर्चको अनुमान गरिएको छ । तर, पनि आयोजकले दर्शकका लागि खेल हेर्न निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मिलन चोक उत्तरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका विजेताले प्रमाल पत्र, ट्रफी, मेडल र नगद ५१ हजार पाउने छ । यस्तै उपविजेताले पनि २५ हजार सहित अन्य पुरस्कार पाउने छ । आयोजक समितिका सचिव पवन राईका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय, सर्वाधिक गोल कर्ताले २ हजार पाउने छन् । प्रतियोगिताको म्यान अफदी म्याचका विजेताले ५ सय पाउने छन् ।

हङकङ ग्रुपबाट पहिलो र स्थानीय समाजसेवी अग्नी राईले दोश्रो पुरस्कार आयोजकलाई सौजन्य गरेको आयोजक समितिले जनाएको छ । यो संगै शिवसताक्षी नगरपालिका वडा नम्बर ९ले पनि १ लाख सहयोग गर्ने आयोजकलाई आश्वसन दिएको बताईएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here