अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगतको महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ ।
गत आर्थिक वर्ष ०७८/०७९को स्वीकृत बजेट अनुसार उनीहरुलाई एक लाख बराबरको सहायता सामग्रीहरु वितरण गरिएको शाखाकी प्रमुख जमुना पौडेलले जानकारी दिइन् ।
घरदैलो कार्यक्रम अन्र्तगत वितरण गरिएको सहायता सामग्रीहरुमा २ थान ह्वील चेयर, २ थान ट्वाइलेट चेयर, १ थान बेबी चेयर, १ थान वैशाखी, २ थान सेतो छडी, ४ थान छडी र ८ थान हेयरीङ एड रहेको छ ।
त्यसैगरी ह्वील चयेर प्राप्त गर्नेमा अर्जुनधारा–९ निवासी धनञ्जय अधिकारी र अर्जुनधारा–१० निवासी युवरानी चेम्जोङ, ट्वाइलेट चेयर प्राप्त गर्नेमा अर्जुनधारा–९ निवासी गोपीलाल आचार्य र अर्जुनधारा–१० निवासी रोशन तामाङ, बेबी चेयर प्राप्त गर्नेमा अर्जुनधारा–८ निवासी अलि अहमद रहेका छन् ।

त्यस्तै वैशाखी प्राप्त गर्नेमा अर्जुनधारा–३ निवासी चुँडामणि पौडेल, सेतो छडी प्राप्त गर्नेमा अर्जुनधारा–२ निवासीद्वय कालिमाया तामाङ र मञ्जु राई, छडी प्राप्त गर्नेमा अर्जुनधारा–२ निवासीद्वय विष्णुमाया लिम्बू र वेनुप्रसाद ढकाल, अर्जुनधारा–७ निवासी कृष्ण प्रसाईं, अर्जुनधारा–८ निवासी सागर माङमू लिम्बू रहेका छन् ।
त्यसैगरी हेयरीङ एड प्राप्त गर्नेमा अर्जुनधारा–४ निवासी टंकमाया कटुवाल, अर्जुनधारा–७ निवासीद्वय देवी बराइली र रुपा बराइली, अर्जुनधारा–९ निवासीत्रय टिकाकुमारी सापकोटा, देवीप्रसाद पौडेल र पूष्पकुमार खरेल, अर्जुनधारा–१० निवासी दिलबहादुर कार्की र अर्जुनधारा–११ निवासी मानबहादुर मगर रहेका छन् ।
नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेको उक्त कार्यक्रम अन्र्तगत अर्जुनधारा–९ वडा समितिका अध्यक्ष भीष्म मिश्र, अर्जुनधारा–१० वडा समितिका अध्यक्ष भूपेन्द्र न्यौपाने, नगर बोर्ड सदस्यद्वय बिमला रोक्का र शर्मिला सुब्बा, शनिश्चरे अस्पतालका प्रमुख डा.आशिष पौडेललगायतले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।






























