अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित सिर्जन बाल युवा क्लबको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्लबकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सहजिकरण अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष पत्रकार अमित खम्बूले सहजिकरण गरेका थिए ।
कार्यक्रममा संविधान दिवस, संविधानमा मौलिक हक र कर्तव्यकोरुपमा उल्लेख भएको बालबालिकाको हक, संस्थाको आवश्यकता र महत्व, विधान र दर्ता प्रक्रियालगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा बालबालिकाहरुले गीत, नृत्य, कविता र निबन्ध प्रस्तुत तथा चित्रकला प्रदर्शनी गरेका थिए । २०७२ सालमा स्थापना भएको उक्त क्लबले प्रत्येक हप्ताको शनिबार अतिरिक्त क्रियाक्लाप सञ्चालन गर्ने गरेको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।






























