टिकटक बन्द

0
409

काठमाडौं ।

अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाइ छ ।

प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेवसाइट बन्द गरिदिएको थियो । तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने– हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द ग¥यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here