बिर्तामोडमा इञ्जिनियरिङ कलेज

0
500

झापा ।

झापाको अर्जुनधारा–११स्थित नयाँ बसपार्कमा १२ वर्षअघि स्थापना गरिएको पाथीभरा इञ्जिनियरिङ कलेजले सम्बन्धन पाएसँगै कक्षा सञ्चालनको तयारी शुरु गरेको छ ।

जसका लागि विद्यार्थीले असोज ३० गतेसम्म आवेदन गर्न र दोब्बर दस्तुर तिरेर कात्तिक ७ गतेसम्म आवेदन दिन पाउने कलेज परिसरमा सोमवार आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।

कात्तिकको अन्तिम सात विश्व विद्यालयले इन्ट्रान्स लिने र त्यसपछि कक्षा सञ्चालन गरिने पत्रकार सम्मेलनका पाथीभरा इञ्जिनियरिङ कलेजका अध्यक्ष युवराज प्रसाईले बताए । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन प्राप्त कलेजमा स्नातक तहको चार वर्षे कोर्ष अध्ययन गर्न सकिने पाथीभरा इञ्जिनियरिङ कलेजका कार्यकारी निर्देशन अनुज पराजुलीले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएसंगै कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इञ्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इञ्जिनियरिङको पढाइ सञ्चालन गर्ने भएको पराजुलीको भनाइ छ । ती तीनवटा फ्याकल्टीमा ४८–४८ जनाको कोटा रहेको छ ।

पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज(पीसीएएस) कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार रहेको र यसै शैक्षिक सत्रबट धमाधम पठनपाठन गरिने अध्यक्ष प्रसाईको भनाई छ । सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवासुविधा रहने आफूहरुको कलेजमा अरु इञ्जिनियरिङ कलेज सरह नै शुल्क लिइने प्रसाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here