झापा ।
बिगतका वर्ष झैं यस वर्षपनि धनकुट्टाको विश्रान्ति मन्दिर मूलघाटमा आश्रय लिएर बसेका वृद्धवृद्धालाई सम्मान गरिएको छ ।
लायन्स क्लव अफ बिर्तामोड लेडीले २१ जना ज्येष्ठ मातासहित ३९ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षता तथा लायन्स क्लव अफका इन्टरनेशनल डिष्ट्रिक ३२५ सीका गर्भरनर धिरज गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो समारोहमा फष्ट लेडी लेखा गुरुङ समेत उपस्थित रहेकी थिइन् ।
कार्यक्रममा सामाजिक व्यक्तित्व तथा लायन्सकी मेम्बर आरती लिम्बू श्रेष्ठले माता पिताको सम्मानमा गरिएको कार्यको प्रसंसा गरेकी थिइन् । उनले यस अघि हरेक वर्ष झापा, मोरङ सहित पूर्वी पहाडी जिल्लामा बसोवास गर्ने ज्येष्ठ नागरिकमलाई सम्मान गर्दै आएकी थिइन् । यास वर्ष पनि धनकुट्टाको विश्रान्ती मन्दिरमा रहेका वृद्धवृद्धालाई सम्मान गरिएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोड लेडीकी संस्थापक अध्यक्ष तथा रिजन चेयर पर्सन उर्मिला विमली खरेलले समेत शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव इन्दिरा खरेलले गरेकी थिइन् भने ज्येष्ठ नागरिकलाई दोसल्ला देवी थापाले उपलब्ध गराएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङले सामाजिक श्रेत्रमा बिर्तामोड लायन्स क्लव लेडीले पु¥याएको योगदानको चर्चा गरेका थिए । आगामी दिनमा समेत यस खाले कार्यक्रम सञ्चालनका लागि उनले सबैलाई एकढिक्का भएर अघि बढ्न सुझाव दिएका थिए । उनले यसैगरी सबै महिला दिदी वहिनीलाई सहयोगी हात बढाउन सुझाएका थिए ।