झापामा कृषिमन्त्री र दुई प्रदेशसभा सदस्यकालागि २०७९ को निर्वाचन अफापसिद्ध

१३ मंसिर २०७९, मंगलवार मा प्रकाशित

लक्ष्मी उप्रेती/मेचीनगर,

अघिल्लो १ नम्बर प्रदेशसभामा रहेका तीनजना निवर्तमान सांसद प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । १ नम्बर प्रदेशसभा सदस्यमा झापाबाट पराजित प्रदेशसभा सदस्यमध्ये एकजना १ नम्बर प्रदेश सरकारका कृषिमन्त्री हुन् । संसदीय राजनीतिमा लामो अनुभव रहे पनि पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई निर्वाचन परिणामले सदनबाहिर रहन बाध्य तुल्याएको छ ।

१ नम्बर प्रदेश सरकारका निवर्तमान कृषिमन्त्री झलकसिहं दर्लामी (झलकबहादुर मगर), बशन्त बाानियाँ र पूर्णसिहं राजवंशीलाई ४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनले सदन बाहिर रहन बाध्य पार्यो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्वर ४ को १ (क) बाट १ नम्बर प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद झलकसिंह दर्लामी मगरकालागि २०७९ को निर्वाचन अफापसिद्ध रह्यो ।

निर्वाचन जितेपछि प्रदेश १ को कृषिमन्त्री समेत बन्नुभयो उहाँ । तर, यो निर्वाचनमा उहाँ पराजित बने सँगै कृषिमन्त्री मगरको संसद्यात्रा मात्र रोकिएन, मन्त्रालय प्रवेशको ढोका समेत बन्द भयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका कृषिमन्त्री झलकसिहं दर्लामी (झलकबहादुर मगर) नेकपा एमालेका उम्मेदवार राधाकृष्ण खनालसँग पराजित हुनुभयो ।

लामो समयदेखि एकीकृत नेकपा माओवादीको राजनीतिमा सक्रिय रहनु भएका उहाँका लागि सत्तासाझेदार पार्टी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी सारथी बनेको भएपनि नेकपा एमालेका उम्मेद्वार खनालसँग १ हजार ५ सय ७८ मतको अन्तरले पराजित हुनुपर्यो । एमालेका खनालले १३ हजार ९ सय ५१ मत ल्याउँदा मगरले १२ हजार ३ सय ७३ मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेकातर्फबाट २०७४ सालको निर्वाचनमा संसद्यात्रा शुरु गरेको नेकपा एमालेका युवा नेता बशन्त बानियाँ पनि निर्वाचनमा पराजित हुनुभयो । झापा क्षेत्र नम्वर ३ को १ (क) बाट नेकपा एमालेका प्रदेश कमिटी सदस्य बसन्त बानियाँ पराजित हुदाँ नेपाली काँग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीको संसद्यात्रा शुरु भयो ।

संविधानसभा सदस्य समेत रहेका पूर्णसिंह राजवंशी झापा क्षेत्र नम्वर ३ को प्रदेशसभा २ (ख) बाट योपटक प्रदेश सभा सदस्यमा नै पराजित हुनुभयो । २०६४ सालमा भएको निर्वाचनमा झापा ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै संविधानसभा सदस्य बन्नुभएका नेता राजवंशी नेकपा माओवादी केन्द्रको मूलधारमा रहेर राजनीति गर्दै आउनु भएको छ ।

झापा क्षेत्र नम्वर ३ को २ बाट २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भगिरथ पोद्दारलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित राजवंशी नेकपा (एमाले)का नेता छविलाल चुडालसंग पराजित हुनुभयो । योसँगै उहाँकोसंसदीय राजनीतिक यात्रा पाँच वर्षका लागि परर्णविराम लाग्यो । झापा ३बाट प्रदेशको नेतृत्व गरिसकेका बानियाँ र राजवंशीलाई प्रदेशकै निर्वाचनमा मतदाताले नपत्याउँदा नयाँ प्रतिनिधिले प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here