प्याब्सन अर्जुनधाराको पालिकास्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

३ पुष २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा,
निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) नेपाल झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा आयोजित पालिकास्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्र्तगत सांस्कृतिक नृत्य, राष्ट्रिय नृत्य, आधुनिक नृत्य र सीनीयर तथा जुनीयर गायन विधामा ३१ विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेको प्याब्सन अर्जुनधाराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कुमार रायाले जानकारी दिए ।

त्यसैगरी सांस्कृतिक नृत्यतर्फ प्रथम एम्स एकाडेमी, द्वितीय स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय र तृतीय रुपरत्न मेमोरियल अङग्रेजी आवासीय विद्यालय तथा राष्ट्रिय नृत्यतर्फ प्रथम कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, द्वितीय होलीका अङग्रेजी आवासीय विद्यालय र तृतीय रुपरत्न मेमोरियल अङग्रेजी आवासीय विद्यालय भएका छन् ।
त्यस्तै आधुनिक नृत्यतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी आवासीय विद्यालय, द्वितीय होलिका अङग्रेजी आवासीय विद्यालय र तृतीय ब्रीलीयन्ट पुपील्स एजुकेशन फाउण्डेशन भएका छन् ।

यता सीनीयर गायनतर्फ स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, द्वितीय प्रगति अङग्रेजी आवासीय विद्यालय र तृतीय रुपरन्त मेमोरियल अङग्रेजी आवासीय विद्यालय तथा जुनीयर गायनतर्फ प्रथम रोज बर्ड अङग्रेजी विद्यालय, द्वितीय ब्रीलीयन्ट पुपील्स एजुकेशन फाउण्डेशन र तृतीय सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने पाँचै वटा विधाका विद्यालय यही पुस २४ गते प्याब्सन दिवसको दिन हुने जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट भएको संयोजक रायाले जानकारी दिए ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here