पथरीशनिश्चरे ।

मोरङको कानेपोखरी–५ स्थित भौंसाबारी चोकमा मौरीको टोकाइबाट पूर् शिक्षकको मृत्युभएको छ भने अन्य चार जना घाइते भएका छन् ।
वडा नं–५ निवासी पूर्वशिक्षक समेत रहनुभएका ८४ बर्षीय टिकाराम भट्टको मौरीले टोकेर मृत्यु भएको हो । मृतक भट्ट बयरवन बजारस्थित जनता आधारभूत विद्यालयको पूर्वशिक्षक हुनुहुन्थ्यो ।
भौसाबारी चोकमा चिया पिउन निस्कदा भट्टलाई मौरीले टोके पछि सक्त घाइते भएका थिए । भट्टको वडा नं–६स्थित रमाइलो चोकमा रहेको २४ घण्टे क्लीनिकमा उपचारको क्रममा मृत्यु भएको इप्रका पथरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।
मृतक भट्टसँगै मौरीले टोकेर घाइते भएका अन्य भौसाबारी चोकका २५ वर्षीय भुखलाल ऋषिदेव, २० बर्षीय जेनिसा राजवंशी, ६८ बर्षीय झवर यादव र ३९ बर्षीय मानबहादुर सुनुवार रमाइलो चोकका क्लिनिकमा उपचारपछि घर फर्किएका पथरी प्रहरीले जनाएको छ ।






























