सामाजिक न्यायसहितको समृद्धिका लागि प्रेरणा मिल्ने विश्वास: प्रदेश प्रमुख गुरुङ

0
283

गण्डकी,

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु समुदायको ल्होसार पर्वले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले “तमु जातिको नयाँ वर्षका रूपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, भन्नुभएको छ ।

गुरुङ समुदायले पुरानो बाघ वर्गलाई बिदाइ गरी आफ्नो पारम्परिक नयाँ बिरालो वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् भन्दै उहाँले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here