भन्सार छलीका सामान बरामद

0
169

पथरी शनिश्चरे,

मोरङ्गका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न लगायतका सामान प्रहरीले वरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरूले जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी गरी ल्याएको खाध्यान्न, हुक्कामा हाल्ने फ्लेवर, मोवाईल, मोजा, जर्सी गाई, हाँस र माछा लगायतका सामान बरामद गरेको हो।

करिब ९ लाख ३१ हजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको मोरङ्ग प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here