प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडमा स्वागत

२९ माघ २०७९, आईतवार मा प्रकाशित

बिर्तामोड,  इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडमा स्वागत तथा सम्मान गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले डिएसपी कार्कीलाई स्वागत सम्मान गरेको हो । सुर्खेतबाट सरुवा भएर आएका कार्कीलाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सचिव कुशल खतिवडा लगायतले स्वागत तथा सम्मान गरेका थिए ।
सो समारोहमा उद्योगी रमेश शर्मा लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here