२८ औ जनयुद्ध दिवशमा कनकाई घाटको सरसफाई

२ फाल्गुन २०७९, मंगलवार मा प्रकाशित

सुरुङ्गा,
२८ औ जनयुद्ध दिवशको अशवर पारेर नेकपा माओवादी केन्द्र कनकाईले पुर्वको पवित्र कनकाई माई नदि र कनकाई घाट क्षेत्रको सरसफाई गरेको छ ।
मओवादी केन्द्र कनकाईको आयोजनामा कनकाई माई नदिपरिसरको कनकाई घाट क्षेत्रको सरसफाई गरिएको कनकाई माओवादी केन्द्रका अध्यक्ष यामनाथ सेडाँईले बताउँनुभयो । २०५२ साल फागुन १ गते आजैका दिनबाट माओवादीले शसस्त्र युद्धको थालनी गरेको थियो । उक्त दिनलाई माओवादीले आफ्नो जनयुद्धको दिवशका रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको छ । सरकारले जनयुद्ध दिवशको अवशरमा सार्वजनिक विदा समेत दिएको छ ।
सरसफाई कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले माओवादी आन्दोलनको जगमा यी सबै व्यावस्थाको स्थापना भएको भन्दै माओवादी सेनाले जनयुद्धको सुरुवात गरेर गणतन्त्र, संघियता लगायातका व्यावस्था गर्नुको साथै २४० बर्षे जहानिया राजाको शासनको अन्त्य गरेको बताउँनुभयो । माओवादीहरुले हिजो राजतन्त्र फ्याल्नका लागि आन्दोलन गरेको स्मरण गर्दै आजका दिनमा सामाजिक कुरीति कुसस्कारको अन्त्यका लागि आगामी दिनमा लागिपर्ने बताउँनुभयो ।
सरसफाई अभियानमा माओवादी केन्द्रका नेतृ तथा संविधानसभा सदस्य बर्षा साम्पाङ्ग माओवादी केन्द्रका प्रदेश सदस्य गोपाल प्रसाई, नगर उपाध्यक्ष दिलिप घतानी, रामबहादुर थापा, सचिव विष्णु बिमली प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली लगायात २ सय वढीको सहभागिता रहेको थियो । माओवादी केन्द्रको यस अभियानले कनकाई नदि र कनकाई घाटको सरसफाई गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here