पथरीशनिश्चरे,
मोरङ्गको पथरीशनिश्चरे- २स्थित ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड प्राप्त रेडस्टार आवसीय माध्यमिक विद्यालयले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
आईतबार पथरीशनिश्चरे नगर पालिकाका खेलकुद तथा शिक्षा विभागका प्रमुख समेत रहनुभएका सूचना अधिकारी शालिग्राम काफ्लेको प्रमुख आतिथ्यता तथा विद्यालयको प्रवन्ध निर्देशक तथा प्रिन्सिपल टि ।एन। तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि काफ्लेले नगरभित्रका सामुदायिक विद्यालयहरूभन्दा संस्थागत रूपमा अब्बल दर्जाको हैसियत पुर्याएको चर्चा गर्दै रेडस्टार अंग्रेजी माविको अध्यपनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउँनुभयो । उहाँले आफ्नो शिक्षण( सिकाई क्रियाकलापलाई अझ निरन्तरता दिन समेत अनुरोध गरेका हुन्।
कार्यक्रममा प्याप्सन मोरङ्गका सल्लाहकार तथा न्यू प्यागोडा आवसीय माध्यमिक विद्यालयका संस्थापक टिका दुलाल , किरात एकेडेमीका संस्थापक प्रिन्सिपल पुकार राई , नगरका स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य सहित अतिथिहरूले यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा दिलसरी राई र कर्मचारी गोबिन्दप्रसाद लुइटेल सम्मानित हुनुभएको थियो भने शैक्षिक शत्र (०७८ को कक्षागत नतिजामा उत्रिण प्रथम, दृतिय र तृतीय स्थान हासिल गर्ने छात्र छात्राहरुलाई अबीर र माला लगाएर ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शिक्षक र विद्यार्थीहरुले नाट्यकर्मी जीवन बरालद्वारा निर्देशित ूकालु र बाघू नाटक , विभिन्न तह र उमेरका विद्यार्थीहरूले गीत तथा नृत्यहरू लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित अतिथि अभिभावकलाई मनोरञ्जन प्रदान गरिएको थियो । लामो समयसम्म शिक्षण पेशामा संलग्न सकुन देवानलाई पनि विदाइ पनि गरेको थियो।






























