झापाली महिला पाइलटलाई सम्मान

१९ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित

झापा ।

वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले उत्कृष्ट नारीको सम्मान पत्र प्रदान गरेकी थिइन् ।

हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको हो । पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१देखि नारी दिवसको अवसरमा झापा जिल्लामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक जना महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

सन् २०२१मा सामाजिक विधातर्फ पहिलोपटक उत्कृष्ट नारी सम्मानद्वारा समाजसेवी, राजनीतिज्ञ स्व. गिरिराजकुमारी प्रसाईलाई सम्मान गरिएको थियो भने सन् २०२२मा शिक्षा विधामा झापाको पहिलो महिला प्रधानाध्यापक प्रभा घिमिरेलाई सम्मान गरिएको थियो ।

विभिन्न विद्यामा प्रदान गरिँदै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रम यस वर्ष प्राविधिक तर्फ प्रदान गरिएको लेडी जेसीज २०२३ की अध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।

महिलाको क्षमता वृद्धिसँँगै हरेक क्षेत्रमा महिलाहरु अब्बल रहेको विषयलाई वीरता लेडी जेसीजले विगतदेखि नै उठान गर्दै आएको संस्थाकी पूर्वअध्यक्ष तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यले बताइन् ।

सञ्चारकर्मी लीला अनमोलको संयोजकत्वमा वीरता जेसीजका पूर्वअध्यक्ष शेखर ढकाल र मेची क्याम्पसकी प्राध्यापक गायत्री सुवेदी सदस्य रहेको उत्कृष्ट नारी छनौट समितिले यसपटक प्राविधिकतर्फकी महिलालाई छनौट गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here