रेडस्टार माविका छात्र-छात्राहरुलाई लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम

२५ फाल्गुन २०७९, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे ।

इलाका प्रहरी कार्यलय पथरीद्वारा मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविको कक्षा –११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी कार्यक्रम गरेको छ।

विहीबार समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको हो।

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान अन्तर्गत उक्त विद्यालयका करिब ३सय बढि छात्र छात्राहरुलाई लागूऔषध तथा पदार्थ सेवन नगर्न सचेतनामुलक कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक किशोर भट्टराईले सहजीकरण गर्नु भएको थियो।

रेडस्टार माविका प्रधानाध्यापक टिएन तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक वसन्त मादेन, किरात एकेडेमीका प्रिन्सिपल समेत रहनुभएका विद्यालयका संस्थापक सदस्य सुजन बास्तोला समेतको उपस्थिति रहेको थियो।

पथरीशनिश्चरे नगरक्षेत्रमा विगत तीन वर्षमा प्रतिवन्धित औषधिहरू सहित प्रयोगकर्ताहरु बढ्दै गएको जानकारी दिईएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here