उपराष्ट्रपति पदमा झाको उम्मेदवारी

२७ फाल्गुन २०७९, शनिबार मा प्रकाशित

काठमाडौँ,

उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जनमत पार्टीका शीर्षनेताहरुको उपस्थितिमा उहाँले उम्मेदवारी दिनुभएको हो ।

जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएकी झाको प्रस्तावकमा नेताहरु अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ । त्यस्तै समर्थकमा गोमा लाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनले आइतबारसम्म साझा उम्मेदवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सहमति नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो ।

त्यस्तै, उम्मेदवारी दर्ता गरेपछि झाले नेपालको संविधानको मर्मलाई जीवित राख्नका लागि आफूले जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै उहाँले आफूविरुद्ध कुनै पनि मुद्दा नरहेको उल्लेख गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here