जापानका प्रधानमन्त्री भारतमा, मोदीलाई भेट्दै

७ चैत्र २०७९, मंगलवार मा प्रकाशित

काठमाडौं ।

जापानका प्रधानमन्त्री फुमियो किशिदा नयाँ दिल्ली आइपुगेका छन् ।

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली आइपुगेका हुन् । किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।

दुई नेताबीच इन्डो-प्यासिफिक क्षेत्र र चीनको बढ्दो सैन्य गतिविधिबारे छलफल हुनेछ ।

मोदी र किशिदाले जी २० शिखर सम्मेलनको भारतको अध्यक्षता र मेमा हुने जी७ शिखर सम्मेलनको जापानको अध्यक्षताका बारेमा पनि छलफल गर्नेछन्।

रुस-युक्रेन युद्धको आर्थिक नतिजा र ऊर्जा र मल सुरक्षाका विषयमा दुई नेताबीच छलफल हुनेछ । भारत र जापानबीच व्यापार, लगानीलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिका लागि पनि उनले पहल गर्नेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here