विव्यस महासङ्घ कनकाईमा ओझा

0
328

सुरुङ्गा ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कनकाई नगरको प्रथम सम्मेलनबाट अध्यक्षमा पुण्यप्रसाद ओझा चयन भएका छन् ।

‘हामी सुधार्छौं हाम्रो विद्यालय’ नाराका साथ सम्पन्न सम्मेलनबाट सर्वसम्मत रूपमा अध्यक्षमा ओझा चयन भएका हुन् । देवकोटा प्राथमिक विद्यालय तुलसीबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका ओझा कनकाई नगर क्षेत्रमा चिरपरिचित सामाजिक कार्यकर्ताका रूपमा चिनिएका छन् । सम्मेलनमा कनकाई नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयका विव्यस अध्यक्ष तथा सदस्य, पीटीए अध्यक्ष तथा सदस्य, प्रअहरूको सहभागिता रहेको थियो ।

महासङ्घको कोशी प्रदेश समितिको आयोजनामा कन्काई मावि सुरुङ्गाको सभाहलमा भएको सम्मेलनबाट उपाध्यक्षमा नरेन्द्र घिमिरे, कोषाध्यक्षमा निर्मला खरेल सिलवाल, सचिवमा रविन भट्टराई र सहसचिवमा हिरण्यकुमार राई चयन भएका छन् ।

त्यसै गरी, नगर समितिको सदस्यमा क्रान्ति सुवेदी, रामकुमार पोखरेल, नवीन बस्नेत, ताराप्रसाद खनाल, रूपा पोखरेल, घनश्याम गुरागाईं, सरिता फुयाँल, भानु खवास, नेत्रप्रसाद नेपाल र यादव अधिकारी रहेका छन् ।

महासङ्घका कोशी प्रदेश समितिका सचिव एवम् पब्लिक मावि धरानका विव्यस अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षता र महासङ्घका केन्द्रीय सदस्य एवम् कन्काई मावि सुरुङ्गाका विव्यस अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, कन्काई माविका पीटीए अध्यक्ष रमेश शेर्पा, कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका विव्यस अध्यक्ष चन्द्रमोहन उप्रेती, जनचेतना आधारभूत विद्यालयका प्रअ सुष्मा कुमाल, सरस्वती माविका विव्यस अध्यक्ष ताराप्रसाद खनाल लगायतले मन्तव्य राखेका थिए ।

महासङ्घका कोशी प्रदेश समिति सदस्य एवम् भगवती आधारभूत विद्यालयका अध्यक्ष ओमप्रसाद पाठकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासङ्घका कोशी प्रदेश समिति सदस्य एवम् चम्पापुर माविका विव्यस अध्यक्ष सीता बस्नेतले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here