पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने ब्यक्ति पक्राउ

१ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको R.A. Vison Account solution pvt.ltd फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैया निकालेको भनि जानकारी प्राप्त भएसंगै प्रहरीले सिग्देललाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here