अष्टे«लिया र दक्षिण कोरिया पठाइदिने भन्दै पीडितहरूबाट लाखौं रकम ठगी प्रकरण : पूर्वमेयरका छोरा फरार, प्रहरी खोज्दै

0
89

पार्थ मण्डल,
झापा ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणको घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको बेला झापाको दमकमा पनि अष्टे«लिया र दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको घटनाले चर्चा बटुलेको छ ।

दमक नगरपालिका–५ बस्ने ३५ वर्षीय अनिल ओलीले पाँच जनालाई अष्टे«लिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेर सम्पर्कविहीन भएपछि सो घटनाले चर्चा पाएको हो ।

अनिल दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओलीका छोरा हुन् । ओलीले अष्टे«लियामा जेनेरल वर्करको काममा पठाइदिने भन्दै दमक–२ बस्ने कृष्ण अधिकारी, सोही ठाउँका प्रेमकुमार गुरागाँई, दमननाथ ढुङ्गाना, आकाश निरौला लगायतबाट ४५ लाख रुपैयाँ लिएको बताइएको छ । अधिकारी र गुरागाँईले १५/१५ लाख रुपैयाँ र अन्य तीन जनाले ५÷५ लाख रुपैयाँ दिएको बताइएको छ ।

राजनीतिक पृष्ठभूमि राम्रो भएको ओली परिवारका सदस्यले नै अस्टे«लिया पठाइदिन्छु भन्दा कसरी नपत्याउनु ?– कृष्णकी श्रीमती जमुना अधिकारीले भनिन््– ‘अनिलसँग मेरो व्यक्तिगत चिनजान थियो, उसले नै अष्टे«लिया पठाइदिन्छु भनेपछि श्रीमानलाई अघि सारेको हो ।’ घरमा सरसल्लाह गरी श्रीमान्लाई अस्टे«लिया पठाउने भन्दै शुरुदेखि अनिलसँग सहकार्य गरेको बताउँदै उनले भनिन्– ‘श्रीमानको आवश्यक कागजातदेखि रकमसम्म मैले नै अनिललाई भेटेर बुझाएकी हुँ ।’

कृष्ण जान लागेको थाहा पाएपछि प्रेमकुमार गुरागाईँसहित अन्य चार जना पनि अष्टे«लिया जान अनिलसँग गएर ठोक्किए । अनिलले अष्टे«लियामा आफन्तजन रहेको र सहजै पठाउन सकिन्छ भनेर एक जना बराबर १५ लाख रुपैयाँ बुझाउनुपर्ने शर्त राखियो । अष्टे«लिया पुगेपछि मासिक ३ लाख तलब हुन्छ भनेपछि उनका शर्त सबैले सहजै स्वीकारे गरे । उसले शुरुमा नेपालबाटै अष्टे«लिया पठाउने भन्यो । पछि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लगायतका अन्य कागजात पनि बनाउनुपर्ने र त्यो भारतबाट मात्र सहज हुने भएपछि उनीहरू अनिलले राखेको कुराको पछि नलाग्नुको विकल्प थिएन । यो घटना हो प्रदेश तथा संघीय निर्वाचन २०७९ अघिको । टिकट र भिसा आइसकेको भन्दै अनिलले पाँचै जनालाई भारतको बागडोग्रा एयरपोर्टबाट लखनऊ पठाए । त्यसबापत अनिलले टिकट र भिसाका लागि भन्दै प्रतिव्यक्ति ५÷५ लाख रुपैयाँ लिए ।

लखनऊमा पुगेर श्रीबहादुर गुरुङसँग भेट गर्नु र उनले नै तपाईँहरूलाई अष्टे«लिया उडाइदिन्छ भनेर अनिलले भनेर पठाएको जमुनाले सुनाइन् । ‘लखनऊ पुगेपछि श्रीमानसहित पाँचै जनालाई अलपत्र पारियो’– उनले भनिन्– श्रीमान् र प्रेम एक महिना लखनऊमा बस्नुभयो, अन्य तीनलाई पछि उडाउने भन्दै नेपाल फिर्ता पठाइयो । पछि बुझ्दै जाँदा शुरुमा अनिलले देखाएको टिकट नक्कली रहेछ । पछि अनिलले सक्कली टिकट देखाएर थप १० लाख रुपैयाँ माग गरे ।

‘श्रीमान् र प्रेम लखनऊमै हुँदा म र प्रेमकी श्रीमतीले अनिललाई भेटेर १०/१० लाख रुपैयाँ बुझायौं, रकम बुझाए बापत अनिलसँग लिखित कागज पनि ग¥यौँ’– उनले भनिन्– ‘रकम बुझाएको तीन दिनभित्रै उहाँहरूको टिकट रद्द ग¥यो, त्यसपछि उहाँहरू निराश भएर नेपाल फर्किनुभयो ।’

धन्न हामीले अनिललाई पैसा बुझाएको लिखित कागज गरेका रहेछौँ । त्यही कागज बोकेर अनिललाई भेट्न उहाँका घर गयौं । ‘तर, उहाँका घरका सदस्यले उल्टै हामीलाई हप्काएर पठाइदिनुभयो’– उनले भनिन्– ‘त्यसको केही दिनपछि फेरि उहाँका बुबा रोमनाथ र मामासँग पनि कुरा राख्यौँ । मामाले भाञ्जा फटाहा हो भनेर छलफलमै गाली पनि गर्नुभयो, रकम दिलाउने आश्वासन पनि पाइयो ।’ पछि कुरा बुझ्दै जाँदा त अनिलले कोरिया पठाइदिनेहरूबाट पनि जनही ९देखि १० लाख रुपैयाँ लिएको रहेछ ।

आश्वासन आश्वासनमै सीमित भयो । पछि फेरि कुरा राख्दा अनिलले लिएको सबै रकम श्रीबहादुर गुरुङले लिएर भागेको र उहाँबाट उठाएर दिन्छौ भनेर कुरा आयो । ‘तर, हामीले त्यो कुरा मानेनौँ’– उनले भनिन्– ‘रकम अनिललाई दिएको हुनाले हामी अनिललाई चिन्छौँ, अरूलाई चिन्दैनौँ ।’ यी कुरा राखेको पनि ६ महिना बित्यो । तर, पनि रकम हात लागेन । अनि आफूहरु कानूनी उपचारको बाटोमा गएको उनको भनाइ छ । वैदेशिक रोजगार विभागमा अनिलको नाममा पीडितहरूले उजुरी दिएका छन् । पीडितहरूले १५ लाखसहित ५० प्रतिशत हर्जाना प्रतिव्यक्ति २३ लाख ५० हजार फिर्ता दिलाइ पाउँ भनी उजुरी पत्रमा उल्लेख गरेका छन् ।

अनिलको नाममा पक्राउ पुर्जी

झापा जिल्ला अदालत भद्रपुरले ठगी धन्दाका आरोपी अनिल ओलीको नाममा पक्राउ पुर्जी जारी गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

आरोपी अनिलले उल्टै श्रीबहादुर गुरुङले चाहिँ रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्दा सरकारी वकिल कार्यालयले अनिलले दिएको उजुरी उल्टाइदियो । त्यसपछि अदालतले चैतको पहिलो साता अनिलको नाममा बिगो रकमसहित पक्राउ पुर्जी जारी गरेको डीएसपी रिजालले बताए ।

यता अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा वैदेशिक रोजगार विभागले पनि अनिलको नाममा चैत २८ गते पक्राउ पुर्जी जारी ग¥यो । अनिलको नाममा दोहोरो पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

हाल अनिल प्रहरीको फरार सूचीमा रहेको बताउँदै डीएसपी रिजालले भने– ‘अनिललाई जहाँ भेटिन्छ, त्यहीबाट पक्राउ गरिन्छ, उन्मुक्ति दिने कुरा नै छैन ।’ यता पीडितहरूले भने अनिल दमक आसपास नै लुकेर बसेको र प्रहरीले उनलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here