लक्ष्मीपुर ।

अर्जुनधारा–५ लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुुउद्देश्यीय सहकारी संस्था लि.द्वारा संस्थाको रजत जयन्ती वर्षको अवसरमा ज्येष्ठ नागरिक सम्मान गरिएको छ ।
वर्ष २०७९/८० लाई संस्थाले विविध कार्यक्रमको आयोजना गरी रजत वर्ष महोत्सवका रुपमा मनाउँदै आएको छ । सो अवसरमा हरेक महिना फरक–फरक कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।
संस्थाले यस पटक कनकाई नगरपालिका वडा नं. ८ का ज्येष्ठ नागरिकलाई उनीहरुको सु–स्वास्थ्यको कामना गर्दै सम्मान कार्यक्रमको आयोजना गरेको हो । ज्येष्ठ नागरिक चौतारी कनकाई–८ का अध्यक्ष धनपति खनालको प्रमुख आतिथ्य एवम् उपसमिति संयोजक सूर्यप्रसाद रिमालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वडाका ७५ जना ज्येष्ठ नागरिक उपस्थित भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष छविलाल लम्सालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा वडाध्यक्ष लीलाबहादुुर कटुवाल, सुनीता सिग्देल, रीता रोक्का, केदार चुडाल, चन्द्रमणि हुमागाँई लगायतले शुुभकामना राखेका थिए ।
सो अवसरमा लय आचार्यद्वारा कविता वाचन गर्नुुका साथै अनिता राई, सरस्वती मिश्र, तेजबहादुर बुढाथोकी, चन्द्रप्रसाद रेग्मी, सावित्रा कँडेल, हरिचन्द्र कँडेल लगायतको टोलीद्वारा भजनकिर्तन कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सहसंयोजक रुद्र ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक यशोदा कार्कीले गरेकी थिइन् ।






























