बहुपहिचानको आधारमा प्रदेश नं १ को पुनः नामाकरण गर्न माग

0
65

छविराज ढकाल/ पथरीशनिश्चरे,

प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विभिन्न जातजातिको साझा थलो भएकाले किरात जातिहरूको ऐतिहासिक तथा मौलिक सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्वलाई पथरीशनिश्चरे नगरपालिकाले सदैव सहयोग गर्ने विश्वास दिलाउनु भयो।

मंगलबार पथरीशनिश्चरे -०१ स्थित साकेला स्थानमा उधौली पर्वको अवसरमा आयोजित साकेला शिली प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो।

बेलबारीदेखि कानेपोखरी, पथरी शनिश्चरे , उर्लावारी,लेटाङ, दमक, लगायतका विभिन्न क्षेत्रबाट सकृय सहभागिता जनाउने १० बढी साकेला शिली समुहहरूको प्रस्तुति अत्यन्त राम्रो लागेको भन्दै धन्यवाद टक्र्याउनुभयो । साथै , उहाँले किरात राई यायोक्खा पथरीशनिश्चरे नगर कार्य समितिले प्रतियोगितात्मक साकेला शिली आयोजना गरेकोमा आभार प्रकट गर्नुभयो ।

सोहि क्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष तिलक राईले प्रदेश नं १ को पुनः नामाकरण गर्न किरात याक्थुङ चुम्लुङ लगायतका विभिन्न जातजातिका संघ संस्थाहरूले आन्दोलन गरिरहेको उल्लेख गर्दै हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारलाई बहुपहिंचानको आधारमा पून: नामांकन गरियोस् भन्दै माग गर्नु भयो।

उहाँले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा विभिन्न दलहरुले आदिवासी जनजातिलाई अधिकार सुनिश्चितताको आश्वासन दिँदै आएको प्रसंग बताउदै नामाकरणको मुद्दालाई वेवास्ता नगर्न समेत आग्रह गर्नुभयो।

किरिया कार्य समिति पथरीशनिश्चरेका अध्यक्ष प्रेम कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय सदस्य नरहाङ राई , मोरङको जिल्ला अध्यक्ष केदार चाम्लिङ राई , मोरङ जिल्ला सचिव कासिहाङ राई , पथरीशनिश्चरे-०२ का वडा अध्यक्ष नैना साम्पाङ राई,कला साहित्य प्रवर्द्धन समिति पथरीशनिश्चरेका अध्यक्ष धनराज राई ‘अमीर ‘ समेतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here