विर्तामोड।

नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् ।
मंगलबार बसेको बैठकले गुरुङलाई कोषाध्यक्षमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेलाई मनोनित गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य थिए ।
देशको उत्कृष्ट खानेपानी योजना प्रक्रिया, साना सहरी खानेपानी तथा सरसाफिया उपभोक्ता समितिका अध्यक्ष, मेची आँखा अस्पतालका अध्यक्ष, झापा गोल्डकपका अध्यक्ष गुरुङले काम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
२०६४ सालको स्थानीय तहको निर्वाचनमा वीरतामोड नगरपालिकाको मेयर बनेका गुरुङ पद्म नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।


























