अर्जुनधारा, मानवपूँजी निर्माणार्थ सहयोग गर्ने उद्देश्यले पोषण संवेदनशील कार्यक्रम अन्र्तगत पोषण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।
जनप्रतिनिधि र कर्मचारी लक्षित उक्त कार्यक्रमको सहजिकरण सहजकर्ता प्रदेश सरकारका बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक सञ्जिव लामा घिसिङले गरेका थिए ।
नगर उपप्रमुख खड्गमाया पराजुलीका अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ८० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पोषणयुक्त खानाको अभावमा पुड्कोपन, उचाइ अनुसार तौल नहुने ख्याउटेपन, उमेर अनुसार तौल नहुने, कम तौलका बच्चाहरु हुने गरेको पोषणको तथ्याङ्गत विवरण आदिको विषयमा जानकारी गराइएको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।