छबीराज ढकाल
पथरीशनिश्चरे ।

पथरीशनिश्चरे नगरपालिकाले १३औँ नगरसभाले पारित गरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सोमबार पथरीशनिश्चरे नगर पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर सभाले असार १० गते पारित गरेको नगरको नीति, कार्यक्रम र बजेटबारे जानकारी गराएको हो ।
नागसभाबाट कूल ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट सर्वसम्मतिले पारित भएको छ । ८ का अध्यक्ष नवीन कर्केलेले प्रेस विज्ञप्ति वितरण गर्दै पढेका थिए ।
सो अवसरमा नगर प्रमुख मोहन तुम्बाहापोलले आर्थिक वर्षमा नगरपालिकाले स्थानीय स्रोतबाट ४ करोड १७ लाख सङ्कलन भएको जानकारी दिए । प्रमुख तुम्बाहपोलले विश्वव्यापी आर्थिक सङ्कटका कारण सङ्घीय सरकारले सहमति भएका र पूरा भएका योजनालगायत बजेटमा कटौती गरे पनि समयमै स्वास्थ्यकर्मी र शिक्षक पठाउन नसक्दा समस्या भइरहेको बताए ।
सोही क्रममा उनले बजेटमा घरविहीन अति विपन्न परिवारका लागि नगरपालिकामा दुईतले घर बनाउने कार्यक्रम रहेको बताए ।
नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव युवा तथा शिक्षा प्रमुख शालिग्राम काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, वाडा नं २ का वडा अध्यक्ष नैना राई, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायत विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





























