चैते धान रोप्ने कृषर्कहरुलाई प्रोत्साहन स्वरूप झापाको कनकाईद्वारा राहत रकम प्रदान

0
140

कनकाई ,
झापाको कनकाई नगरपालिकाले चैते धान रोप्ने कृषर्कहरुलाई प्रोत्साहन स्वरूप राहत रकम दिन आजबाट सुरु गरेको छ। नगर भरि सबै वडाका चैते धान रोप्ने कृषर्कहरुलाई प्रोत्साहन स्वरूप राहत रकम दिन सुरु गरेको नगर कृषि शाखाले जनाएको छ।

आज नगरको सभाहलमा वडा नं। १ का कृषर्कहरुलाई राहत रकम प्रदान गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर पालिका सधैं कृषर्कको साथमा रहेको बताउनुभयो ।

नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख पोखरेलले चैते धान रोप्ने कृषर्कहरुलाई राहत रकम हस्तान्तरण गर्दै सो कुरा बताउनुभएको हो । चैते धान रोप्ने नगरबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत रकमप्रदान गरिएको उहाँको भनाई थियो।

“बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तर पनि नगर तथा वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्वकयता पूरा गर्न लागिपरेका छौं ।” नगर प्रमुख पोखरेलले भन्नुभयो ।
उहाँले अघिल्लो साल त्यस्तो सुरुवात नगरेपनी यो पटकबाट भने गाउघरमा स्थानीय सरकार भएको अनुभव दिलाउने गरि उत्पादनमा जोड दिन समेत यो वर्ष कृषि छेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो । यस अघि पनि नगरले किसानलाई निःशुल्क धानको बिउ उपलब्ध गराएको थियोे ।

यश अघि पनि नगर तथा वडाले हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस् भनेर राहत रकम नगद प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताउनुभयो ।

वडा अध्यक्ष शुसिलकुमार पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिस्ट अतिथि कृषिशाखा प्रमुख यदुकुमार उप्रेती कृषि अधिकृत प्रियंका गौतम वडा सदस्य निर्मला खड्का, हरिकुमार राई
दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी अङ्किता खड्का , निर्मला बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
वडाका ८७ घर परिवारलाई प्रोत्साहन रकम प्रदान गर्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै वडा अध्यक्ष पोखरेलले आर्थिक वर्षको बजेट केही कमि भएपनी कृषि लगायत सबै छेत्रमा प्राथमिकता राखी वडाको बजेट विनियोजन गरेको जानकारी गराउनुभयो।
कृषिशाखा प्रमुख उप्रेती , अधिकृत गौतम लगायतले शुभकामना राखेको कार्यक्रमको स्वागत वडा सदस्य हरिकुमार राई र सन्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here