सुरुङ्गा, करिब १४ महिनाको अवधिमा झापामा अबैध लागू औषध कारोवारमा सम्लग्न ३८० जनालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालय झापाले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट जस्तै बनेको झापामा यो अबधिमा प्रहरीले उनीहरुको साथबाट करिव दुई किलोग्राम ब्राउनसुगर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
दिनानुदिन झापामा लागू औषधको प्रयोग बढ्दै गएसंगै त्यसलाई रोकथाम र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा बिर्तामोडमा बृहत सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनी सहित विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको ¥यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधि , जनप्रतिनिधि र विद्यार्थीको समेत सहभागीता रहेको थियो ।

बिर्तामोडस्थित मुक्ति चौकबाट निकालिएको सचेतना मूलक ¥याली सिटी सेन्टर पुगेर पुनः मुक्तिचोकमा आइपुगेर सभामा परिणत भएको थियो । सो अवसरमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्षहरु ,इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहर िनायव उपरीक्षक सुरज कार्की , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलगायतले लागू औषध दुब्र्यसनी नियन्त्रणका विषयमा आ– आफ्नो धारणा राख्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो १४ महिनामा झापामा ३४ महिला र ३४६ जना पुरुष लागू औषध मुद्धामा पक्राउ परेका छन् । जसमध्ये नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।
झापा लागू औषध दुव्र्यसनीका लागि भयाभह भएसंगै प्रहरी र स्थानीय तहको सक्रियतामा बिर्तामोडमा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा स्थानीय तहसहित बिर्तामोड उद्योग वाणिज्य संघ , इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, वीरता जेसीज , वीरता लेडी जेसीज , एबीसी नेपाल , सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र , आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्र , बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्र , महेन्द्ररत्न मावि , दुर्गा मावि , न्यूटन्स एजुकेशन एकाडेमी ,गोमेन्द्र कलेज , एमिटी कलेज , सशस्त्र प्रहरी , विभिन्न सुधार केन्द्रका प्रतिनिधि , विद्यार्थी ,प्रहरी, स्काउट, शिक्षक, व्यापारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा २०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको बताइएको छ ।
प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।






























