झापामा ‘हेल्थ टुरिजम प्रमोशन प्रोग्राम’

0
129

बिर्तामोड ।

झापामा पहिलोपटक स्वास्थ्यसँगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ ।

नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ ( नाटा) कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सह–आयोजना र बिर्तामोड नगरपालिकासँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।

आगामी असार १६ गते शनिबार बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटमा आयोजना हुने एक दिवसीय कार्यक्रमका लागि झापाका स्वास्थ्य, होटल र पर्यटनसँग सम्बन्धित ३३ वटा स्टलहरु बुकिङ भइसकेको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

कार्यक्रमका लागि हालसम्म १२ वटा अस्पताल, ८ वटा होटल, ६ वटा आँखा अस्पताल तथा क्लिनिक, ५ वटा दन्त क्लिनिक, एउटा पर्यटन सम्बन्धी मात्र पढाइ हुने क्याम्पस, एउटा स्वास्थ्य सम्बन्धीको क्याम्पस गरी ३३ वटा स्टल बुकिङ भइसकेकोे नाटाका कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

उनले भने– ‘जम्मा ५० वटा स्टलहरु रहने छन् । स्टल निःशुल्क बुकिङ गर्न सकिने छ । कार्यक्रममा आउने अवलोकनकर्तालाई स्वास्थ्य सुविधा अन्तरगत विशेषज्ञबाट प्रेस, सुगर, आँखाको निशुल्क परीक्षण शिविर सञ्चालन हुने र चश्मा पनि उपलब्ध गराइने छ ।’

स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालहरुलाई एकै छानामुनिबाट जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना हुने हेल्थ टुरिजम प्रोमोशन प्रोग्रामबाट नेटवर्किङ अवसर, चिकित्सा सेवाहरुको प्रदर्शनको अवसर, बिरामी शिक्षा र सचेतना, व्यापार विकास र साझेदारी, नेपाललाई टुरिजम गन्तव्यको रुपमा प्रवद्र्धन, आर्थिक प्रभाव, देशको चिकित्सक सेवाहरु प्रदर्शन गर्न सहयोग बढाउने, चेतना जगाउने र भारतीय बिरामीहरुलाई आकर्षित गर्ने मञ्चको रुपमा काम गर्न सकिने बताइएको छ । त्यसैगरी नेपालको स्वास्थ्य सेवा उद्योगलाई प्रवद्र्धन तथा आर्थिकवृद्धिमा योगदान पु¥याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेपाल टुरिजम बोर्डका प्रवन्धक सूर्य थपलियाले बताए ।

कार्यक्रममा जिल्लाका उत्कृष्ट हस्पिटलहरु, कोशी प्रदेशका ट्राभल्स, होटेल, होमस्टे र पर्यटन व्यवसायीहरुको स्टल रहने र सो दिन भारतको पश्चिम बंगाल र बिहारका पर्यटन व्यवसायी, पत्रकार गरी ४० भन्दा धेरैको सहभागिता रहने नाटाका महासचिव नवीन खरेलले जनाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here