१०९ वर्षे मैनादेवी

0
179

इलाम जिल्ला शान्तिपुर सिरिशे गाउँमा पिता शेरबहादुर दर्जी र माता चरीमाया दर्जीको कोखबाट वि.सं. १९७१ सालमा जन्मुनभएकी मैयादेवी दर्जी अहिले १०९ वर्षमा प्रवेश गर्नुभएको छ । पहाडको हावापानी भिरपाखामा हुर्किनुभएकी मैनादेवीको बालापन सिरिसे गाउँमा बितेको थियो ।

‘उसबेला पढ्न–लेख्न पाइँदै थियो, अहिले जस्तो विद्यालयको सुविधा थिएन रे ।’ –मैनादेवी भन्नुहुन्छ– ‘घाम झुल्किन नपाइ उठेर भिरपाखामा घास काट्न जानुपथ्र्यो । घर र बलेसी गोखरबले लिीनुपथ्र्यो, बिहानको खान खाइसकेपछि डाँडापाखामा कोदो, अलैंची रोप्न जानुपथ्र्यो । अहिले जस्तो सुख–सुविधा थिएन ।’

पढ्ने अवसर नपाउनु भएकी मैनोदेवीको नौ वर्षको उमेरमा रनबहादुर दर्जीसँग विवाह गरेर दिएपछि श्रीमानसँगै चिसापानीमा घरजम गरेर बस्नुभएको उहाँ बताउनुहुन्छ । विवाह भएको पाँच वर्षपछि उहाँले दुई छोरा र दुई छोरीलाई जन्मदिनुभयो । आर्थिक अवस्था र त्यसबेलाको विकट परिवेश भएका कारणले उहाँको सन्तानले पनि विद्यालय जाने अवसरबाट वञ्चित भए, सबै कुटो–कोदालोमा नै व्यस्त हुन्थे चोटपटक लाग्यो भने त्योबेला अस्पताल जाने चलन थिएन, गोबरमाटो दलेर निको हुने गरेको उहाँ बताउनुहुन्छ ।

कोदो र अलैंची मात्र हुने उक्त स्थानमा धानको भात खान दशैं–तिहार नै पर्खनुपथ्र्यो भन्दै मैनादेवी सम्झनुहुन्छ । महिनौं लगाएर तराई झर्नुपथ्र्यो धानको चामल लिन, कोदो र अलैंचीसँग चामल साटेर लगेको अझै पनि उहाँको मानसपटलमा ताजै छन् । आधा जिन्दगीभन्दा कम्ती उमेरमा श्रीमानको निधन भयो ।

त्यसको खाटो मेटिन नपाउँदै कान्छो छोराले पनि यो धर्ती छाडेर गएपछि मैनादेवीलाई त्यहाँ बस्न मन नलागेपछि उहाँ तराई झापा अर्जुनधारा नगरपालिका वार्ड नं. ५ छोरी तारादेवी दर्जी र ज्वाइँ डिल्लीराम दर्जीसँग बस्दै आउनुभएको छ । मैनादेवीका छोरा र छोरीपट्टि गरेर १२ जना नाति–नातिना, सात जना पनाति–पनातिना छन् भने एक जना पनातिनीको पनि विवाह खान भ्याइ सक्नुभएको छ ।

शारीरिक अवस्था वृद्ध र कान कम सुन्ने भए पनि अरु कुनै पनि रोगले छोएको भने छैन उहाँलाई । बरु छरछिमेक र आफन्तजनहरुकोमा मृत्यु भयो भने नाति–नातिनाको सहारा लिएर पुग्ने गर्नुहुन्छ । उहाँ दैनिकी बिहान–बेलुकी खाना खानुअघि चियाको गिलासमा एक÷एक गिलास दैनिक घरमा बनाएको लोकल रक्सी पिउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘मलाई रक्सीले केही असर गर्दै, बरु आनन्दको निद्रा आउँछ ।’

हाम्रो देशमा मान्छेको औषत आयु ६० वर्ष भनिन्छm तर मैनादेवी १०९ वर्षको उमेरमा पनि उहाँको जीवनप्रतिको ऊर्जा देखेर धेरैलाई बाच्ने हौसला जाग्नेछ । पछिल्लो समय खानपानमा ध्यान नदिँदा तथा रासायनिक मल र विषादिको बढ्दो प्रयोगका कारण सानै उमेरमा विभिन्न रोगले नेपालीको औषत आयु घट्दो क्रममा रहेको छ । खानपान र जीवनशैलीमा ध्यान दिएका शताब्दी उमेर पार गर्न पनि कठिन नरहेको अनुभव मैनादेवीले सुनाउनुभयो । उहाँको जीवन भोगाइ अग्र्यानिक खाना र शारीरिक परिश्रम सुन्दा खानपान र शारीरिक व्यायाममा ध्यान दिएमा लामो समयसम्म जीवनलाई स्वस्थ राख्न सकिने बुझ्न सकिन्छ । आमालाई दीर्घ जीवनको कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here