चारआली ।

चारआलीमा शिक्षा सुधारका लागि सयुक्त कार्यशाला सम्पन्न भएको छ ।
स्थानीय शहीद चन्द दशरथ मावि चारआलीमा विद्यालय व्यवस्थापन समिति, पिटिए, स्काउट, जुरेस, बाल क्लव, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि, आमा समूहका प्रतिनिधिबीच कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले हरेक कार्यको योजना हुने योजनामा परिवर्तन स्रोतले होइन, सोचले ल्याउने बताए । उनले शिक्षण सिकाइ क्रियाकलाप आवधिक योजना रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समिति झापाकी सदस्य तुलसा बराल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश प्रधानाध्यापक लेखनाथ पौडेलले पारेका थिए ।
मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले विद्यार्थीलाई आ–आफ्नो घरको वार्षिक बजेट बनाउन सिकाउनु पर्नेमा जोड दिँदै सानै उमेरदेखि योजना निर्माण गर्न सिकाउन जरुरी रहेको बताए ।
सोही अवसरमा विद्यार्थी प्रतिनिधि रेजिना गुरागाँई लगायतले बोलेको शिक्षक प्रतिनिधि टेकेन्द्र ढकालले बताए ।






























