पानीमा डुबेर दुई जनाको मृत्यु

0
16

सुनसरी ।

सुनसरीको दुई छुट्टा–छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ बर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here