इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग

0
101

काठमाडौँ,

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

उनीहरुले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शवलाई तुरुन्त नेपाल ल्याउन माग गर्दै घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“इजरायलमा कति नेपाली छन ?, कुन अवस्थामा छन् ? सरकारले संसद्मा वास्तविक विवरण सार्वजनिक गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद जर्नादन शर्माले तत्काल कूटनीतिक प्रयास गरी शव ल्याउने व्यवस्था गर्न, बेपत्ताको खोजी, घाइतेको उपचार र नेपाल आउन चाहनेलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले पनि इजरायलबाट घर आउन चाहने नेपालीलाई तत्काल उद्धार गर्न र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी, सांसद चित्रबहादुर केसीले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गर्नुभयो । सांसदहरु अन्जनी श्रेष्ठ, अनिसा नेपाली, अब्दुल खाण, अमनलाल मोदी, अमरबहादुर रायमाझी, अमृतलाल राजवंशी, असिम साह, ईश्वरी घर्ती, उर्मिला माझी, किरणकुमार साह, गीता बस्नेतले इजरायलमा तीन दिनदेखि उद्धारको प्रतीक्षामा बसेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here