२६५ जनाले आँखा जँचाए

0
95

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई ६५ जनाले सेवा लिएका छन् ।

बिर्तामोडका संस्थाहरू बालाजी टोल विकास संस्था, नेपाल अग्रवाल महिला मञ्च तथा अग्रसेन भवनले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट दुई ६५ जना आँखाका बिरामीले सेवा पाएका हुन् ।

आँखाा जाँच गराएका दुई ६५ जनामध्ये १५ जनामा मोतियाबिन्दु देखिएकाले उनीहरूको मेची आँखा अस्पताल बिर्तामोडमा निःशुल्क शल्यक्रिया गरिने बालाजी टोल विकास संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए।

अग्रवाल समाजका कूल प्रवर्तक अग्रसेन महाराजको ५१४७ औं जन्मजयन्तिको अवसर पारेर निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुख प्रसाईका आँखा जाँच गरेर सुभारम्भ गरिएको थियो । उनले मानव अंगहरु मध्य आँखा महत्व अंग भएकाले तीन संस्था मिलेर गरेको निःशुल्क स्वास्थ्य शिविरको प्रशंसा गरिन् ।

नेपाल अग्रवाल महिला मञ्चकी अध्यक्ष दिपा खेडियाले नियमित रुपमा आँखा जाँच गराउनबाट बञ्चित भएकाहरुलाई यो स्वास्थ्य शिविर फलदायि हुने विश्वास ब्यक्त गरिन् । कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बालाजी टोल निवासी डा. चन्द्र शर्मा दुलाल लगायतले शुभकामना दिएका थिए ।

अग्रशेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्ताामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, बालाजी टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारीको सहभागिता रहेको थियो । शिविरमा मेची आँखा अस्पतालले प्राविधिक सहयोग गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here