बिर्तामोड ।

झापाका छुट्टा–छुट्टै स्थानबाट प्रहरीले दुई जनाालाई पक्राउ गरेको छ ।
अदालतले दोषि ठहर गरेर फरार रहेका दुई ब्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा दमक–१ का खडानन्द भण्डारी र बिर्तामोड–४ का डमरुदास रहेका छन् ।
भण्डारी बैङकिङ कसुर मुद्दाका फरार अपराधी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उच्च अदालतको इलाम इजलासले २०७८ फागुन २५ मा ५२ वर्षीय भण्डारीलाई १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
प्रहरीका अनुसार दास लागूऔषध मुद्दाका फरार अपराधी हुन् । गत बैशाख १४ गते झापा जिल्ला अदालतले ५६ वर्षीय दासलाई एकवर्ष ६ महिना कैद सजाय र १५ हजार जरिवानाको सुनाएको थियो ।
झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले दुवै अभियुक्तलाई अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकाारी दिए ।






























