तीन लाख ७९ हजारमा यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड

0
123

झापा, यामाहा मोटरसाइकल र स्कूटरको एक मात्र वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको एफजेठ एफ आई भीथ्री स्टयान्डर्र्ड तीन लाख ७९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
यामाहा प्लेटफर्ममा तीन वटा मुख्य विशेषताहरु रहेको जनाउँदै विजया दशमीको अवसरमा नेपाली ग्राहकलाई सुपथ मूल्यमा उक्त मोटरसाइकल उपलब्ध गराउन लागिएको बताइएको छ ।
यामाहाको मोटरसाइकलमा रहेका तीन वटा विशेषताहरुमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डवल डिक्स र उन्नत बी एस सिक्स इन्जिन टेक्नोलोजी रहेको बताइएको छ ।
बिर्तामोडस्थित सयपत्री टे«ड लिङ्कमा यो मोटरसाईकलको विहीवार लन्च गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मोटरसाइकलको लन्च गरेका थिए । सयपत्री ट्रेड लिङ्का सञ्चालक विनोद वस्नेतले मोटरसाइकलको विषयमा जानकारी गराएका थिए ।
एफजेड फआई भीथ्री स्ट्यान्डर्डले कालो र निलो आकर्षक नयाँ रङहरूमा यो मोटरसाइकल उपलब्ध हुने जनाएको छ । यो यामाहाको मोटरसाइकल उत्कृष्ट रेसिङ सम्पादनबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्न लायक रहेको कार्यक्रममा जानकारी दिइयो ।
एक वलियो १४९ सीसी एयर – कूल्ड फोर– स्ट्रोक सिंगल – सिलिण्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित र सावधानी पूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनिय रुपमा मुलायम प्रवेग उत्पन्न गराउने कार्यक्रममा जानकारी गराइयो । यो इन्जिन इन्जेक्टेढ इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि रहेको र औषत ४५– ५० किमी प्रतिलिटरको माइलेज प्रदान गर्ने बताइएको छ । मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ ।
मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७–स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here