राधाकृष्ण अष्टजाम हेर्न गएका दुई समूहबीच झडप

0
2

झापा, भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा राधाकृष्ण अष्टजाम हेर्न गएका दुई समूहबीच झडप हुँदा एक किशोर घाइते भएका छन्।

गए राति करिब ९:३० बजे भएको कुटपिटमा कचनकवल गाउँपालिका–४ का १७ वर्षीय बिक्रम माझी घाइते भएका हुन्। उनको टाउको र कानमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनापछि नेपाल प्रहरी को भद्रपुरस्थित टोली खटिई संलग्नहरूको खोजतलास गरेको थियो। सो क्रममा कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा भद्रपुर–७ बोक्तोबारीका १८ वर्षीय आदित्य सहनी, १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय बिबेक राजबंशी र वडा नं। ६ फुटानीचोकका १८ वर्षीय प्रल्हाद राजबंशी रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here