माईमा क्रिसमस डे मनाउन शुरु

४ पुष २०८०, बुधबार मा प्रकाशित

इलाम ।

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा माई नगरपालिकाको शुक्रबारे बजारमा इसाई धर्मावलम्बीहरुले भब्य शुभकामना आदनप्रदान गर्दै ‘क्रिसमस डे’ मनाउन थालिएको छ।

डिसेम्बर २५ तारिखलाई लक्षित गरि यिसुख्रिस्ट जन्मको संझनामा माई नगर भरिका चर्च र मण्डलीका इसाई धर्मावलम्बी भेला भएर कार्यक्रम मनाउन थालेको इसाई समाज माईका अध्यक्ष धन कुमारी राईले जानकारी दिनुभयो।

कार्यक्रम माई नगरपालिका मेयर खम्बा सिं लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। पोखरावाट आउनु भएका शमुएल सग्राम राई प्रमुख बक्ता रहनु भएको कार्यक्रममा नेपाली काँग्रेसका धन बहादुर कार्की, नेकपा माओवादी केन्द्रका माई अध्यक्ष भक्त बहादुर लुङ्गेली, जनता समाजबादी पार्टी नेपालका माई अध्यक्ष टुपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । यिसुख्रिस्ट पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका थिए। उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले ख्रिसमस डे मनाउन शुरु गरेका छन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा मनाउने गरिएको इसाई समाज माईका अध्यक्ष धनकुमारी राईले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here