अर्जुनधारामा लोक सेवा आयोग तयारी कक्षा शुरु

१३ फाल्गुन २०८०, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत सामाजिक विकास शाखाको आयोजना र बिर्तामोडस्थित नोभा फाउण्डेशन प्रा.लि.को सहजिकरणमा आइतबारदेखि लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार सञ्चालन भएको उक्त तयारी कक्षाको कार्यक्रमका सभाध्यक्ष एवम् उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

७० दिनसम्म सञ्चालन हुने कक्षामा ७५ जना बढी युवाको सहभागिता रहेको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए । तयारी कक्षामा सहजकर्ताहरु डा.टोकराज पाण्डे, डिजन भट्टराई, बद्री कार्की, प्रयास भट्टराई, राजेन्द्र निरौलालगायतले सहजिकरण गर्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओली र फाउण्डेशनका सञ्चालक प्रकाश पराजुलीले मन्तव्य राखेका थिए ।

नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पूष्पा पौडेलले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here