राइजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको युथ फ्रेण्ड्ली क्लवलाई

२१ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

पथरी शनिश्चरे,

राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण गोल्डकप २०८० को उपाधि झापाको दमक बेलडाँगीस्थित भुटनिज फुटबल क्लबलाई पराजित गर्दै मोरङ को पथरी शनिश्चरेमा रहेको युथ फ्रेण्ड्ली क्लवले उपाधि चुमेकाे छ।

आईतवार आयोजक युथ फुटबल क्लबका सागर तिवारीले आज सम्पन्न प्रतियोगिताको १२औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेकाे हो।

वडा नं १० को प्रस्तावित नगर रंगशालामा संचालन भएको सो प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मोहनप्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, शनिश्चरे क्याम्पका करण राई, वडाध्यक्षहरू क्रमशः जीवन खतिवडा,नैना राई, नवीन कार्की , नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, समाजसेवी गणेश कुमार थक्लुङ, लगायतले विजेता टिमलाई २ लाख १ हजार रुपैयाँ नगद,मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो।

उपविजेता बेलडाँगीको भुटानिज फुटबल क्लबलाई नगद १ लाख १ हजार रुपैयाँ सहित ट्रफि र मेडल प्रदान गरिएको थियो। खेलमा सहभागिता जनाएका खेलाडीहरूलाई विभिन्न विधामा समेत पुरस्कृत गरिएको आयोजक समितिका गणेश थक्लुङले जनाउनुभएको छ।

यसैबिच, झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा रहेको भुटनीज फुटबल क्लव र मोरङ शनिश्चरे शरणार्थीमा रहेको वाई एफसी बिच प्रतिष्पर्धाको अन्तिम क्षणमा बेलडाँगी र शनिश्चरे तर्फका समर्थकहरूबिच हात हालाहाल भएको थियो।

उक्त घटनामा एक जना गंभीर घाईते भएका थिए । निजलाई सशस्त्र प्रहरीले नजिकको अस्पतालमा भर्ना गरेको छ। थप विवरण भने आउन बाँकी नै छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here