अनन्त परोपकार सहकारीले स्थापना दिवस मनायो

२२ फाल्गुन २०८०, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

अनन्त परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले बिर्तामोड–४ स्थित लालीगुरास टोलमा रहेको गुरुप्रसाद–डिकमाया ओझा फाउण्डेशनद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धलाई न्यानो कपडा, खाद्यान्न तथा नगद वितरण गर्दै स्थापना दिवस मनाएको सहकारीका कार्यकारी निर्देशक गोकुलप्रसाद अधिकारीले जानकारी दिए ।

सहकारीको स्थापना दिवसमा वृद्ध बुवा–आमाको मुहारमा खुशी छर्ने उद्देश्यले उनीहरुलाई सहयोग गरेको बताइएको छ । त्यस्तै सहकारीले बिर्तामोडस्थित तारा–नमस्ते बालग्राममा रहेका अनाथ बालबालिकालाई समेत खाद्यान्न वितरण गरेको बताइएको छ ।

सहकारीले देवशान्ति टोलस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई समेत खाद्यान्न वितरण गरेर संस्थाको वार्षिक उत्सव मनाएको संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए ।

वृद्धाश्रम तथा बालग्राममा भएको कार्यक्रममा इश्वरीप्रसाद तिमल्सीनाको प्रमुख आतिथ्य रहेको थियो भने जग्गादाता गुरुप्रसाद ओझाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक अधिकारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here