पोखरा विमानस्थल बन्द, किरा खान रनवेमा चिलको बथान

१३ चैत्र २०८०, मंगलवार मा प्रकाशित

कास्की ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘किरा’ले गर्दा आज बिहान ८ बजेदेखि बन्द भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थल अहिलेसम्म उडान हुन सकेका छन्।

एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालिसको छ। तर रनवे पखाल्दा किरा रनवे वरपरको घाँसे मैदानमा जान्छन्। ती चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। अहिले फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा छ।

सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौँबाट पोखराका लागि उडेका तीन वटा विमान फेरी काठमाडौँ नै डाइभर्ट भएका छन् भने अहिलेसम्म विमानस्थलका उडान सुचारु हुन सकेको छैन। बुद्ध र यति एयरका विमान काठमाडौँ डाइभर्ट भएका हुन्।।

‘हामीले रनवे पखालेर केही बेर अघि विमानस्थल खुला त गर्‍याै तर किराको समस्या समाधान भएन’, सुवेदीले भनिन, ‘उडान सुचारु हुन सकिरहेको छैन।’ उनले विमान सुचारुका लागि पहल गरिरहेको बताइन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here