प्रचण्डले गठबन्धन भत्काएर धोका दिए : पूर्णबहादुर खड्का

१३ चैत्र २०८०, मंगलवार मा प्रकाशित

काठमाण्डौं ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएर नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् ।

पोखरामा भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डको धोकाले कांग्रेसको अभियानलाई अझै प्रभावकारी बनाउन सहयोग मिलेको बताए ।

‘प्रचण्डजीले धोका दिएर गठबन्धन भत्काउनु भएको छ । यसका रहस्यहरू बिस्तारै खुल्दै जानेछन् । आज म धेरै कुरा भन्न चाहन्नँ,’ उनले भने, ‘यसबाट कांग्रेस अब्बल भएर अभियानहरू चलाउने परिवेशको निर्माण भएको छ । आगामी दिनहरूमा अहिलेको भन्दा बलियो पार्टी बनाउन सहयोग मिल्नेछ ।’

उनले आफूहरू सरकारमा रहँदा सङ्घीयतालाई मजबुत बनाउने कानुनहरू निर्माण गरेर संसदमा लगेको दाबी गरे । उनले भ्रातृ सङ्गठनहरूले कांग्रेसको अभियानलाई तीव्रताका साथ जनस्तरमा पु‍र्याउनुपर्ने बताए । यस्तै, जनप्रतिनिधिहरूले जनतामा आशा जगाउने गरी काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here