महाकुम्भको महिना

0
7

नेपालका एक सय पर्यटकीयस्थलको सूचीमा रहेको पूर्वी नेपालको कोशी प्रदेशमा अवस्थित बराहक्षेत्रमा मङ्लवारदेखि कुम्भमेला शुरु भएको छ । वि.सं. २०५९ सालदेखि लाग्न शुरु भएको प्रत्येक बाह्र वर्षमा लाग्ने कुम्भ मेलामा यसपटक तीस लाखभन्दा बढीले कुम्भ स्नान गर्ने आयोजक समितिले अपेक्षा गरेको छ । बराह क्षेत्रमा पन्ध्र सय वर्षभन्दा पूराना पुरातात्विक महत्वका मूर्तिहरु रहेका छन् । सप्तकोशी नदीले धनकुटा जिल्लासँग छुट्याएको यस क्षेत्रको उल्लेख बराह पुराण, स्कन्द पुराण र महाभारतमा समेत रहेको छ । पृथ्वी रसातालमा डुब्न लागेको बेला भगवान बराहले बँदेलेको रुप लिएर पृथ्वीको उद्धार गरेको धार्मिक विश्वास छ ।

धर्मशास्त्रमा उल्लेख यही मान्यताका आधारमा बराह क्ष्९ोलाई संसारको पहिलो धाम मानिन्छ । जहाँ बराहको अवतार लिएका भगवान विष्णुको पूर्ण कदको मूर्ति रहेको छ । यो क्षेत्र पछिल्लोपटक कुम्भ मेलासँग जोडिएको छ । पहिलोपटक बालसन्त मोहनशरण देवाचार्यको पहलमा एकचालीस वर्षअघि महाकुम्भको आयोजना गरिएको थियो । भारतको प्रयाग नासिक उज्जैन र हरिद्वारमा लाग्ने गरेको कुम्भ भेला जस्तै पछिल्लो समय देश विदेशबाट समेत यहाँ कुम्भ स्नानका लागि आउने गरेका छन् । इतिहास, प्रकृति र तीर्थस्थलको सङ्गमस्थितका रुपमा रहेको बराह क्षेत्र वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको मुख्य गन्तव्यको रुपमा प्रतिष्ठित रहेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र र जल पर्यनको अपार सम्भावनाले परिपूर्ण वराह क्षेत्र रुद्राक्षको समेत भण्डार हो । राजधानीलाई तराईसँग जोड्ने बैकल्पिक मार्गको रुपमाम समेत विकास भएको यो क्षेत्र मठमन्दिरले भरिएको पवित्र तीर्थभूमि हो । हिन्दु शास्त्रमा उल्लेख भएका हरिहर क्षेत्र, कूरक्षेत्र, मुक्त क्षेत्र र बराह क्षेत्रमध्ये यो भगगवान विष्णुको तेस्रो अवतार भएको भूमि मानि५ । जसले यहाँको पवित्रता र महत्वलाई भनै बढाएको छ । हिरययाक्ष नाम गरेका राक्षको बध गरेर भगवान यी हक्षेमा बसेको धभार्मिक विश्वास रहेको बराह क्षेत्रमा शुरु भएको कुम्भ मेलामा पुगेर कोकाह र सप्तकोशीको संगमस्थलमा स्नान गर्दै अन्तरघडाले सेचन गर्न सकिए सबै विकारहरुबाट मुक्त भइने विश्वास छ । यसमा बाह्र वर्ष पछि शुरु भएको कुम्भ मेलामा सहभागी भई धार्मिक तथा आन्तरिक पर्यटनको विकास सबैका ध्यान जानु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here