झापामा युर्निभसीटी अफ रोएमट्नका बारेमा सेमिनार

६ बैशाख २०८१, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यको रुपमा रहेको युकेमा रहेका विश्व विद्यालयहरुले नेपालमा विभिन्न सेमिनारहरु गर्दै आएका छन् ।

यसैक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको सहजिकरणमा युर्निभसीटी अफ रोएमट्नका बारेमा रिजनल साउथ एसियाका टम जिरान्डनले आफ्नो विश्व विद्यालयका बारेमा शैक्षिक परामर्श दाताहरुलाई जानकारी गराएका छन् ।

कार्यक्रममा द अफियल रिप्रेजेनटेटीभको एसोसिएसनमा डा. दिपक खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका लागि वान अप इभेन्ट मेनेजमेन्ट कम्पनीले सहजिकरण गरेको थियो । कार्यक्रममा अप इभेन्ट मेनेजमेन्ट कम्पनीका सिईओ रवी झा लगायतको सहभागिता रहेको थियो ।

भाषा, विश्वविद्यालयको शैक्षिक प्रणाली, शैक्षिक कानुन तथा नेपाली विद्यार्थीको अवस्थाको विषयमा जानकारी दिने उद्धेश्यले एक दिने सेमिनार गरेको इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए । उनले भने– शैक्षिक परामर्श दिँदा हामीले विद्यार्थीलाई सहि परामर्श दिएमा भोलीका दिनमा कुनै समस्या आउँदैन त्यसका लागि हाम्रा शिक्षकलाई दक्ष बनाउन जरुरी छ ।

इक्यान झापामा आवद्ध कन्सल्टेनसीहरुले विद्यार्थीको शैक्षिक अवस्था, आर्थिक अवस्था तथा उनीहरुले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा विभिन्न सयममा आफुहरुले विभिन्न तालिमहरुको आयोजना गर्दै आएको इक्यान झापाका सचिव अशोक भण्डारीले जानकारी दिए ।

विभिन्न देशका विश्व विद्यालयहरुसंगको सहकार्यमा आगामी दिनमा पनि सेमिनार तथा तालिमहरु सञ्चालन गरिने सचिव भण्डारीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here